२५ जेठ २०८३, सोमबार

हर्बल टी पिउने सही तरिका यो हो

असोज २१, २०७६
हर्बल टी पिउने सही तरिका यो हो

तौल घटाउन तथा फिट रहनका लागि मानिसहरू हर्बल टी पिउने गर्छन् । हर्बल टी बनाउँदा र पिउँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ । 

दूध प्रयोग नगर्ने
धेरै मानिसलाई दूधविनाको चिया के चिया भन्ने लाग्छ । तर तौल घटाउनलाई हर्बल चिया पिउँदा त्यसमा दूध मिसाउनुभयो भने प्रभावकारी हुँदैन । दूधमा भएका पोषक तत्त्वका कारण तौल घटाउन बाधा पुग्छ । 

चिनी नहाल्ने
हर्बल टीमा चिनी मिसाउँदा क्यालोरी धेरै बढ्छ । यसले हर्बल टी पिइरहनुको उद्देश्यलाई असफल बनाउँछ । 

फेरि नतताउने
हर्बल टीलाई घरिघर तताउँदा त्यसमा भएको प्राकृतिक हर्बल गुण सकिन्छ । ताजा चिया पिउनुभएमा मात्र लाभ हुन्छ । 

दिनमा एकचोटि मात्र पिउने
जति मन लाग्यो त्यति पिउने कुरा होइन हर्बल टी । यसको सेवनको एक निश्चित समय हुन्छ । हर्बल टी कुन बेलामा पिउन उपयुक्त हुन्छ भनी चिकित्सकसँग सल्लाह लिनुहोला । 

छोपेर चिया नपकाउने
हर्बल टी बनाउँदा भाँडोको बिर्को खुला राख्नुस् र पानीलाई बाफ बनेर उड्न दिनुस् । आयुर्वेदका अनुसार, यसो गर्दा हर्बल टीबाट स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्