
काठमाडौं – तपाई हामीले सर्प समात्न सक्नुहुन्छ ? यो हामी धेरैले सोचेकै हुँदैनौं ।
तर यहाँ एक सीपाहीले किंग कोब्रा नामको विषालु जातको सर्पलाई सहजै समातेका छन् ।
किंग कोब्रालाई वसमा पारेर समातेको यो घटना मलेशियाको हो । यहाँ एक सडकमा मलेसियन सिपाही हिँडिरहेका हुन्छन्, त्यहि समय उनले सडकमा किंग कोब्रा देख्छन् । त्यसपछि उनले कोब्रा समात्ने योजना बुन्छन् ।
उनले विस्तारै कोब्रालाई समात्ने प्रयास गर्छन्, उनले कोब्रालाई बिस्तारै हातले समाउँछन् ।
उनले कोब्रा समाउँदै गर्दा उनका साथी सिपाहीले यस भिडियो बनाउँछन् । अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।