०४ असार २०८३, बिहीबार

भारतीय जलसेनाको टोली सगरमाथा चढ्ने

कात्तिक २०, २०७४
भारतीय जलसेनाको टोली सगरमाथा चढ्ने

काठमाडौं, २१ चैत– भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ ।

सो टोलीले आज नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएको हो ।

सो अवसरमा आरोहण टोलीका संयोजक सञ्जयकुमार कुलकर्नीले २४ जनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिए । ‘हामीहरु ‘सागरदेखि सगरमाथा’ भन्ने मूल नाराका साथ सगरमाथा चढ्न लागेका हौँ,’ कुलकर्नीले भने ।

उनले मङ्गलबार काठमाडौँदेखि जिरी सवारीसाधनमा जाने र त्यहाँबाट पैदल हुँदै सगरमाथा बेसक्याम्प जाने बताए ।

नेपाली पर्यटकीय पदयात्री मिङ्मा शेर्पाको नेतृत्वमा उनीहरु सगरमाथा जान लागेका हुन् । यसभन्दा पहिले सन् १९६५ र सन् २००४ मा भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गरेका थिए । उनीहरुलाई नेपालस्थित भारतीय दूतावासले आजै बिदाइसमेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्