०६ असार २०८३, शनिबार

पाकिस्तानमा डुंगा पल्टिँदा चार जनाको मृत्यु

कात्तिक २०, २०७४
पाकिस्तानमा डुंगा पल्टिँदा चार जनाको मृत्यु

इस्लामाबाद, २१ चैत– पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् ।

दक्षिणी सिन्ध प्रान्तको केती बागैन क्षेत्रमा गहुँ बाली  स्याहार्नका लागि जाँदै गरेका मजदुर चढेको डुङ्गा इन्दुस नदीमा दुर्घटना भएको हो ।

उद्धारकर्ताहरुले चार वटा शव निकालेका छन्, भने अरु १६ जनाको खोजी भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

डुङ्गा दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुनसकेको छैन । यस वर्ष इन्दुस नदीमा डुङ्गा दुर्घटना भएको यो दोस्रो पटक हो ।

यसअघि गत फेब्रुअरीको सुरुमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको थियो । इन्दुस नदीको किनारमा बस्ने बासिन्दाले प्रायःजसो डुङ्गाको प्रयोग गर्ने गर्दछन् ।

salt training

कमेन्ट गर्नुहोस्