०५ साउन २०८३, मंगलबार

घोडाबाट लडेका रुपबहादुर एयरपोर्टमै अलपत्र, जहाज कमाउ गन्तब्यतिर

कात्तिक २०, २०७४
घोडाबाट लडेका रुपबहादुर एयरपोर्टमै अलपत्र, जहाज कमाउ गन्तब्यतिर
मुगु, २१ चैत– मुगुमा तीन दिन देखि कुनै पनि हवाई उडान नहुँदा यात्रुहरु अलपत्र परेका छन् । नेपालगञ्जतिर ओर्लिने र माथि आउने कर्मचारी देखि सर्बसाधारण लाई कठिनाई भएको छ ।

छायाँनाथ रारा नगरपालिका १० का बिरामी रुपबहादुर बुढा एयरपोर्टमा अलपत्र परेका छन् । उनी घोडा बाट लडेर घाईते भएका र उनलाई उपचारको लागि नेपालगञ्ज लैजान एयरपोर्ट पुर्याईएको छ ।

तारा, गोमा, सिता लगायत जहाजले प्रति दिन ४ देखि ५ सम्म फलाईट गर्ने रारा बिमानस्थल तिन दिन देखि उडान नहुँदा बिमानस्थल सुनसान बनेको छ ।

तारा एयर मर्मतको लागि काठमाडौ गएको र सिता, गोमा लगायत अन्य जहाज पर्यटक ओर्सान पूर्बका पर्यटकीय गन्त्ब्य तर्फ लागेपछि हवाई उडान अबरुद्ध भएको छ ।

हवाई उडान नहुँदा यात्रु मर्कामा परेको रारा बिमानस्थल प्रमुख गणेश अर्यालले बताए । केही दिन भित्र हवाई उडान सुचारु हुने उनको भनाई छ । जहाजको समस्याले रारा भ्रमण आउने आन्तरिक तथा बाहय पर्यटक लाई कठिनाई भएको छ । अधिकाश आन्तरिक पर्यटक सडक मार्ग बाट आगमन गर्न थालेका छन्

salt training

कमेन्ट गर्नुहोस्