०४ असार २०८३, बिहीबार

स्पेनमा हिस्प्यानिक डे परेडमा प्याराट्रूपर ल्याम्पपोस्टमा अड्किए (भिडियो)

स्पेनमा हिस्प्यानिक डे परेडमा प्याराट्रूपर ल्याम्पपोस्टमा अड्किए (भिडियो)

काठमाडौं – स्पेनमा शनिवार आयोजित हिस्प्यानिक डे परेडमा देशको झण्डाका साथ अवतरण गर्न लागेका एक प्याराट्रूपर ल्याम्पपोस्टमा अड्किएको दृश्य त्यहाँका राजा र रानीले हेरेका छन् । 

कर्पोरल लुइस फर्नान्डो पोजो ल्याम्पपोस्टमा केही मिनटसम्म झुण्डिएका थिए र पछि उनलाई सेनाको एक वाहन आएर उद्धार गरेको थियो । राजधानी मड्रिडमा रहेको पासिओ दे ला कास्तालेनामा उक्त परेडको टेलिभिजन लाइभ गरिएको थियो । 

फूटेजमा राजा फेलिप छैठौंले सैन्य पोशाक लगाएको रानी लेतिजियातले राजकुमारीहरू लियोनोर सोफियाका साथ परेड हेरेको देखिन्छ । 

प्याराट्रूपर भुइँमा आउँदै गर्दा कुनै समस्या आउँदैन । 

तर प्यारासुट ल्याम्पपोस्टमा अड्किएपछि उनी रोकिन्छन् अनि मानिसहरू कराउँछन् । 

पछि चाहिँ भीडले प्याराट्रूपरलाई हौसला बढाउन थाल्छ अनि राजा रानीले उक्त दृश्य हेर्छन् । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पनि त्यहीँ हुन्छन् । 

पोजोले भुइँमा झण्डा ल्याइपुर्‍याउँछन् र राजारानीले थपडी बजाउँछन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्