११ असार २०८३, बिहीबार

सडक किनारको रुख ढल्दा कारको बोनेट कच्याककुचुक (भिडियो)

सडक किनारको रुख ढल्दा कारको बोनेट कच्याककुचुक (भिडियो)

काठमाडौं – रुसको अडमर्ट रिपब्लिक क्षेत्रमा एक सडक किनारमा रुख ढलेको खतरनाक भिडियो सार्वजनिक भएको छ । 

कारचालक इझेव्स्क गइरहेको बेलामा शरद ऋतुमा भोजवृक्षका पात हरियो भएको देखिन्छ । 

कार मोडमा जाँदै गर्दा एउटा रुख सडकतर्फ ढल्छ । 

त्यो विपरीत दिशाबाट आइरहेको सेतो कारमाथि पछारिन्छ । 

रुखको हाँगाले तीव्र गतिको कारलाई हिर्काउँछ र त्यसको बोनेट कुच्चिन्छ । 

रुखका टुक्रा भिडियो लिइरहेको कारतर्फ उछिट्टिन्छन् र कार छेउ लाग्छ । 

घटनामा कसैलाई पनि चोटपटक लागेको छैन जबकि रुखका टुक्राटाक्री छरिएका थिए । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्