
काठमाडौँ – राजधानीको दरबारमार्गस्थित भिक्ट्री लाउन्जमा आइतवार साँझ लागेको आगो अझै पनि नियन्त्रणबाहिर छ ।
साँझ करीब पौने ८ बजे एक जना घाइतेलाई आगलागी भएको भवनबाट उद्दार गरिएपनि अन्य हताहती भएको छ कि छैन भन्नेमा प्रहरी पनि अनविज्ञ देखिएको छ ।
प्रहरीले आगलागीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ । तर आगलागी भएको डेढ घण्टासम्म पनि नियन्त्रणमा आउनुको साट्टो झन् बढेर गइरहेको छ ।
आगलागीपछि त्यहाँ रहेका ग्याँस सिलिन्डरहरू विष्फोट भएका छन् । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको अलग अलग वारुण यन्त्रहरू परिचालन गरिएका छन् ।