१४ असार २०८३, आइतबार

यी नोबेल पुरस्कार विजेता १० दिन थिए जेलमा, कारण यस्तो

यी नोबेल पुरस्कार विजेता १० दिन थिए जेलमा, कारण यस्तो

काठमाडौं – अर्थशास्त्रका तर्फबाट यस वर्षको नोबेल पुरस्कार जित्ने अभिजीत बनर्जी भारतीय मूलका अमेरिकी हुन् । उनले एस्थेर डुफ्लो र माइकल क्रेमरसँगै उक्त पुरस्कार जितेकी हुन् ।

सन् १९८० को दशकमा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीका छँदै बनर्जीको प्रतिभा प्रस्फुटित भइसकेको थियो । त्यतिखेरै पनि उनका सहपाठी र प्राध्यापकहरूलाई उनले केही ठूलै काम गर्नेछन् भन्ने लागिसकेको थियो । 

अर्थशास्त्रमा स्नातकोत्तर गर्दा उनी आफ्नो ब्याचका टपर थिए । उनले त्यतिखेर सबभन्दा धेरै ग्रेड ल्याएर सेन्टरको रेकर्ड पनि तोडेका थिए । 

जेएनयूमा छँदा बनर्जी कुनै विद्यार्थी संगठनमा त थिएनन् तर महत्त्वपूर्ण विषयहरूमा आफ्नो राय दिने गर्थे । सन् १९८३ मा जेएनयूमा भर्ना नीतिविरुद्ध उनले आन्दोलन गरेका थिए । आन्दोलनका कारण १० दिनका लागि कारागार पठाइएका ३०० मध्ये उनी एक विद्यार्थी थिए । 

अभिजीतलाई राम्रो खाने र नयाँ नयाँ ठाउँ घुम्ने सोख पहिलेदेखि नै थियो । 

अभिजीत प्रतिभाशाली विद्यार्थी हुनुका साथै व्यावहारिक व्यक्ति पनि थिए । उनी कक्षामा प्राध्यापकहरूसँग बहस गर्न डराउँदैनथिए । तर प्राध्यापकहरूलाई उनी सम्मान गर्थे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्