
काठमाडौं – तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेका एक व्यक्तिको मृत्यु भएको छ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ हात्तीसुडे बस्ने ५० वर्षीय गोपालबहादुर ब्याजवासी मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।
तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेपछि उनलाई अस्पताल लगिँदै थियाे । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी खड्काले उल्लेख गरे ।