२६ जेठ २०८३, मंगलबार

यी हुन् त संसारकी सबभन्दा क्युट बालिका ?

यी हुन् त संसारकी सबभन्दा क्युट बालिका ?

काठमाडौं – रुसकी एक मोडल बालिकालाई संसारकै सबभन्दा क्युट बालिका घोषणा गरिएको छ । उनको इन्स्टाग्राममा २२ हजारभन्दा बढी फलोअर बनेका छन् । 

६ वर्षीया एलिना याकुपोभा मस्कोमा बस्छिन् र उनी चार वर्षको उमेरदेखि मोडलिङ गर्दै आएकी छन् । उनले इटालेली वस्त्र ब्रान्ड मोन्नालिसा किड्स, रुसको युदाश्किन किड्स र ग्लोरिया जीन्सका लागि मोडलिङ गरिसकेकी छन् । 

यी बालिकाले खैरो कपाल र चम्किलो मुस्कानका साथ विश्वलाई नै चकित बनाइरहेकी छन् । उनी इनस्टाइल र ग्राजिया जस्ता प्रख्यात फेशन पत्रिकाका ग्लसी पानाहरूमा छाइसकेकी छन् । 

एलिनाले इन्स्टाग्राम पेजमा उनका फोटोशूटहरू प्रकाशित भइरहेका हुन्छन् । 

उनलाई बालबालिकाको मोडलिङ तथा अभिनय एजेन्सी प्रेसिडेन्ट किड्स म्यानेजमेन्टले प्रतिनिधित्व गरेको छ । उसैले उनका प्रशंसकहरूको संख्या बढाएको छ । 

मोडलका व्यवस्थापक रोमन कुखरले एलिना कामप्रति प्रतिबद्ध रहेको र यति सानो उमेरमा छिट्टै प्रगति गरेको भन्दै उनको प्रशंसा गरे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्