०९ साउन २०८३, शनिबार

उपनिर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

उपनिर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनम नेकपाको उम्मेदवार टुंगो लगाउन प्रदेश तथा तल्लो तहका कमिटीहरूलाई निर्देशन दिएको छ । 

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस तथा टुंगो लगाउन निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् । 

उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको उपनिर्वाचनको हकमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले ३ जनाको नाम कात्तिक १० भित्रमा सिफारिस गर्न निर्देशन दिएको हो । 

यस्तै बैठकले संगठन विभागमा ३ जना सदस्य समेत थप गरेको छ । विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरिएको प्रवक्ता श्रेष्ठले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्