
काठमाडौं – केन्याको मारा नदीमा भोको गोहीको दाह्राबाट एक भाग्यमानी वाइल्डेबीस्ट बल्लबल्ल बाँचेको छ ।
३६ वर्षीय वन्यजन्तु फोटोग्राफर क्रिस ब्रे मासई मारा राष्ट्रिय आरक्षमा छँदा यो घटना भएको हो ।
उनले सेप्टेम्बर महिनामा तान्जानियाबाट केन्या जाँदै गरेका जनावरहरूको फोटो खिच्ने क्रममा यस्तो अविश्वसनीय भिडियो खिचेका हुन् ।
धेरैजसो वाइल्डेबीस्टहरू यात्राका क्रममा नदी तर्छन् तर नदीहरूमा भोका गोही प्रशस्त भेटिन्छन् ।
भिडियोमा एउटा गोही धमिलो पानीमा लुकिरहेको देखिन्छ ।
वाइल्डेबीस्ट गोही नजिक आइपुग्दा गोहीले मुख खोल्छ र तीखो दाँतको पंक्ति देखाउँछ ।
वाइल्डेबीस्टको गर्दनलाई गोहीको दाह्राले कर्याप्प पार्नुअघि वाइल्डेबीस्ट त्यहाँबाट भाग्छ ।
गोही पानीमुनि लुक्छ अनि वाइल्डेबीस्ट सुरक्षित स्थानतर्फ पौडी खेल्दै जान्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
एजेन्सी