बार्सिलोना, २१ चैत– गैरआवासिय नेपाली संघ स्पेनले स्थायी र अस्थायी बसोबास गर्ने नेपालीहरुको तथ्याङ्क संकलमा सहभागिता जनाउन नेपालीहरुलाई आग्रह गरेको छ । वैधानिक तथा अवैधानिक रुपमा विगत लामो समयदेखि स्पेनमा बस्दै आएका नेपालीहरुको हालसम्म कुनै पनि अभिलेख नभएकाले यो अभियान सफल बनाउन सबै नेपाली मुदायलाई एनआरएनले आग्रह गरेको छ ।
बैदेशिक रोजगारीको सिलसिलामा स्पेन बस्ने नेपाली समुदायहरुको एकिन रेकर्ड नहुँदा भै परी आउने समस्यामा उद्घार गर्न पनि समस्या देखिएको भन्दै एनआरएन स्पेनका पुर्व अध्यक्ष एकराज गिरीको संयोजकत्वमा तथ्याङ्क संकलनको अभियान सुरु गरिएको हो ।
स्पेनमा करिब तीन दर्जन भन्दा बढी संघ संस्था तथा राजनीतिक दलको संगठन भएपनि कुनै पनि संगठनलाई अहिलेसम्म त्यहाँ कति नेपाली छन भन्ने एकिन छैन । युरोपका विभिन्न देशमा अध्ययन, भ्रमणलगायत विभिन्न उदेश्यले राखेर आउने नेपालीहरुको जनसंख्या दिन प्रति दिन बढिरहेको अवस्थामा नेपालीको तथ्याङ्क संकलन जरुरी रहेकोे उर्गेल निवासी शास्त्री टिकाराम कडेँलले बताए ।
एनआरएन स्पेनमा ‘राजनीतिक गन्ध’ पसेका कारण यो तथ्याङ्क संकल अभियानले मुर्तरुप लिन नसकेको नेपालीहरु बताउँछन् । स्पेनमा खोलिएका विभिन्न संगठनहरुले वेवास्ता गर्दा उक्त अभियानले पूर्णता पाउन नसकेको स्पेनबासी नेपालीहरुको गुनासो छ ।
नेपालीहरु युरोपका विभिन्न मुलुक हुँदै सन् २००० देखि स्पेनमा बस्दै आएका स्पेनका पर्यटक दुत चिन्तामणि सापकोटा बताउँछन् । र त्यसयता स्पेनमा नेपालीको संख्या लगातार बढ्दो क्रममा छ । स्पेनमा रहेका नेपालीले
www.nrninspain.com लिंकमा गएर आफ्नो ब्यक्तिगत अभिलेख समेत भर्न सक्ने छन् ।