
काठमाडौं, २२ चैत - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको सुनुवाई स्थगित भएको छ ।
सो मुद्दा आज स्थगित सूचीमा आएको भने आउँदो विहीवारलाई पेशी तोकिएको छ ।
कांग्रेस केन्द्रीय समितिले प्रहरी प्रमुख नियुक्तीका सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको आदेशलाको आलोचना गरिएपछि अधिवक्ता हरिप्रसाद मैनालीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
कांग्रेस केन्द्रीय समितिबो बैठकले आइजीपी नियुक्ती सम्बन्धी सरकारको अधिकार क्षेत्रमा अदालतले हस्तक्षेप गरेको निर्णय निकालिएको थियो ।