
एजेन्सी- संसारको पहिलो मोटर इन्जिन जडित सुटकेस बनेको छ ।
अमेरिकाका केभिन ओडोनलले यसको डिजाइन गरेका हुन् ।
यसको मूल्य लगभग डेढ लाख रुपैयाँ छ । यसमा बसेर विमानस्थल वा रेलवे स्टेसनमा घुम्न सकिन्छ । यसको अधिकतम गति ६.५ किलोमिटर प्रतिघन्टा छ ।
सुटकेसमा दुईवटा यूएसबी पोर्ट पनि छन् जसबाट फोन चार्ज गर्न पनि मिल्छ ।
अमेरिकी बजारमा यो सुटकेस पाइन थालेको छ ।
एक चिनियाँले यसअघि नै यस्ता सुटकेस बनाइसकेका छन् । उनले सन् २०१४ मा यसको आविष्कार गरेका थिए ।
सुटकेस बनाउने आइडिया उनलाई अमेरिकामा फुरेको थियो । अमेरिकामा पुरस्कार थाप्न जाँदा उनले बाटैमा सुटकेस बिर्सेछन् ।
त्यसपछि उनले स्कूटरको समेत काम गर्ने सुटकेस बनाउन थाले । उनले बनाएको सुटकेस स्कूटरको अधिकतम गति २० किलोमिटर प्रतिघन्टा छ ।
उनी त्यसमा बसेर चीनको हुनान प्रान्तका सडकमा पनि धेरैचोटि घुमिसकेका छन् ।
स्कूटरमा रिचार्जेबल शक्तिशाली लिथियम ब्याट्री जडान गरिएको छ । त्यसमा ह्यान्डल, गियर, ब्रेक, लाइट, अलार्म र जीपीएस ट्य्राकिङ सिस्टम पनि छ