२४ जेठ २०८३, आइतबार

सांसद प्रमोद साह साधारण तारेखमा रिहा

कात्तिक १, २०७६
सांसद प्रमोद साह साधारण तारेखमा रिहा

जनकपुरधाम– जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको श्रेष्तेदार यज्ञप्रसाद आचार्यले लोकान्तरलाई जानकारी थिए ।

जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासमा साहविरुद्धको रिटमाथि थुनछेक बहस भएको थियो ।

विमान उडानमा ढिलाइ भएको भन्दै सोमवार जनकपुर विमानस्थलको भीआईपी कक्ष र विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह म‌ंगलवार काठमाडौंबाट पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्