काठमाडौं - बलिउडका स्टार जोडी ऐश्वर्या राय र अभिषेक बच्चन बीच फेरि झगडा परेको छ । उनीहरुको फिल्मको विषयलाई लिएर फेरी झगडा परेको विषय सतहमा आएको हो । फिल्मसँग जोडिएको छोरी आराध्यको विषयलाई लिएर उनीहरुको झगडा भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
छोरीलाई बाल कलाकारको रुपमा फिल्ममा डेब्यु गराउने अभिषेकको चहाना रहेको छ । उनले छोरीलाई कलिलो उमेरबाटै फिल्म खेलाउन चाहान्छन् । अहिलेदेखि नै अभिनयमा लगाउन पाए भविष्यमा ठूलो स्टार बन्ने अभिषेकको मत रहेको छ ।
छोरीलाई हिरोइन बनाउने अभिषेकको चहानामा ऐश्वर्या चाहिँ सहमत छैनन् । एश्वर्याले चाहिँ छोरीलाई फिल्म बाट टाढै राखेर नयाँ करियरमा लगाउन चाहान्छिन् ।
उनी छारीलाई कलिलो उमेरदेखि नै लाइट र क्यामेराको प्रेसरमा राख्न नचाहेको विषय बाहिर आएको छ ।
यही विषयमा उनीहरुको झगडा परेको हो । एश्वर्याको बिचारमा अभिषेकले सहमति नजनाएपछि झगडा भएको हो । उनीहरुकी छारी आराध्य भर्खर तीन वर्षकी भएकी छन् भने उनीहरु चाहिँ छोरीको विषयलाई लिएर झगडा गर्न थालेका छन् ।
उनीहरुका बीचमा पहिले पनि पटक पटक झगडा भएको थियो । पछिल्लो पटक ए दिल है मुस्किल मा बोल्ड सिन दिएको विषयमा दुईको झगडा भएको थियो ।
केही समय पहिले चाहिँ सामाजिक सञ्चालमा पोष्ट गरेको विषयवस्तुलाई लिएर उनीहरबा बीचमा झगडा भएको थियो ।
छोरीको भविष्यसँग जोडिएकाले अहिलेको झगडालाई ठूलो मानिएको भारतीय संचार माध्यमले लेखेका छन् ।