काठमाडौं – बलिउड अभिनेता आयुष्मान खुरानाले एक टिकटक भिडियो आफ्नो ट्वीटर अकाउन्टबाट शेयर गरेका छन् ।
यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यस भिडियोमा देखिन्छ कि, एक मानिस कपाल काट्नका लागि सैलुन जान्छन् । उसलाई त्यति नै बेला लगातार फोन आउँछ ।
यसपछि उनले आफ्नो टाउकोबाट नक्कली कपाल झिकेर त्यसलाई काट्न लगाउनँछन् । उनको यो कुराबाट सैलुनमा रहेका सबै मानिस हास्न थाल्छन् ।
कपाल काट्ने मानिसले पनि सो कपालमा पानी राख्दै काट्न थाल्छन् । आयुष्मानले यस भिडियो ट्वीटरबाट शेयर गरेका थिए । जुन अहिले निकै भाइरल भइरहेको छ । एजेन्सी
Hahahaha💛 https://t.co/11Z2fIdR1U
— Ayushmann Khurrana (@ayushmannk) October 18, 2019