१७ असार २०८३, बुधबार

धानमा बाला नलाग्दा ३ करोड रुपैयाँ क्षति

कात्तिक २, २०७६
धानमा बाला नलाग्दा ३ करोड रुपैयाँ क्षति

धनगढी – कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशंकर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले यी दुवै जिल्लामा ३४९ हेक्टरमा गरिएको गरिमा र सिन्दुरी जातको धानखेतीमा बाला नलाग्दा १ हजार २०० कृषकले क्षति व्यहोरेको जानकारी दिए ।

क्षेत्रीय कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीको नेतृत्वको कृषि प्राविधिकको टोलीले हालै बाला नलागेको धानबालीको स्थलगत अध्ययन निरीक्षण गरेको थियो । ‘धानमा बाला नलाग्नुमा कहीँ न कहीँ बदमासी देखिएको छ,’ प्रवक्ता शर्माले भने, ‘कहीँ धान फलेको र कहीँ नफलेको देखिन्छ ।’

यसैबीच भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीनितादेवी चौधरीको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकले कृषि प्राविधिक टोलीद्वारा बाला लाग्न नसकेको विषयमा गरिएको अध्ययनको विषयमा छलफल गरिएको छ । बैठकमा आवश्यक छानबिन गरी सम्बन्धित बीउ विक्रेता र उत्पादन गर्नेमार्फत पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि संघीय मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकमा मन्त्री चौधरीले यो विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारवाही र पीडित किसानलाई क्षतिपूर्ति दिन पहल गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्