११ असार २०८३, बिहीबार

कोशीटप्पुको हात्तीले आक्रमण गर्दा सप्तरीमा दुईजनाको मृत्यु

कात्तिक २०, २०७४
कोशीटप्पुको हात्तीले आक्रमण गर्दा सप्तरीमा दुईजनाको मृत्यु

सप्तरी, २२ चैत– सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले आक्रमण गर्दा मंगलबार सप्तरीमा दुईजनाको मृत्यु भएको छ ।

कोशीटप्पुबाट आएको हात्ती मंगलबार सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर क्षेत्रमा छिरेको थियो । हात्तीको आक्रमणबाट हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका झालाई उपचारका लागि धरानको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो । साफीको पनि उपचारका क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट अन्य ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्