काठमाडौं – बलिउड अभिनेत्री रविना टन्डनले २६ अक्टूबरमा आफ्नो जन्मदिन मनाउँदै छन् । तर उनले आफ्नो प्रि बर्थडे सेलिब्रेसन भने शुरू गरिसकेकी छन् ।
उनी आफ्नो जन्मदिनलाई लिएर निकै आत्तुर र उत्साहित छिन् । अहिले रविनाले प्री बर्थ डे सेलिब्रेशनको एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरिएको यो भिडियो निकै भाइरल भइरहेको छ ।
यस भिडियोमा रविनाले आफ्नो बर्थ डे केक काटेकी छन् । उनले इस्टाग्राममा यस भिडियो शेयर गर्दै लेखेकी छिन्,'प्री बर्थडे सेलिब्रेसन शुरू भएको छ ।'