
काठमाडौं – दिनभरि शरीरमा सुगन्ध कायम राख्न मानिसहरू पर्फ्युम र डियोड्रेन्ट छर्किने गर्छन् ।
तर डियोड्रेन्टका कारण १३ वर्षीय एक किशोरको मृत्यु भएको छ ।
बेलायतको नोरफोकमा मृत्यु भएका किशोरको पोस्टमार्टम गर्दा अत्यधिक मात्रामा डियोड्रेन्टको एयरोसोल पाइयो ।
मृतकको नाम ज्याक व्यापल हो । उनकी आमा सुजेनले छोरो अत्यधिक डियोड्रेन्ट सुँघ्ने गरेको याद गरेकी थिइन् । उनले भनिन्, ‘मेरा डियोड्रेन्टका बोतलहरू हराइरहेको याद गरेकी थिएँ । कहिलेकाहीँ डियोड्रेन्टरू निकै छिटो सकिने गर्थे । ज्याकले डियोड्रेन्ट लिएर सुँघ्ने गरेको मैले थाहा पाएपछि उसले यसो नगर्ने विश्वास दिलाएको थियो ।’
सुजेन र उनका पतिले ज्याकलाई डियोड्रेन्टमा हुने एयरोसोलले गर्ने हानिको बारेमा बताएपनि उसले सुँघ्न छोडेको थिएन ।
अघिल्लो महिना सुजेन छोराको कोठामा पुग्दा ऊ बेहोश थियो । उसको ओछ्यानमा डियोड्रेन्टको क्या पनि भेटियो । मातापिताले उसलाई तत्कालै अस्पताल लगे तर उसको मृत्यु भइसकेको थियो । उसले अत्यधिक मात्रामा डियोड्रेन्टको एयरोसोल सुँघेका कारण मृत्यु भएको पोस्टमोर्टममा देखियो ।
घटनाको अनुसन्धान गरिरहेका अधिकारीले बताए, ‘एयरोसोल ज्याकको फोक्सोसम्म पुगिसकेको थियो । त्यसले उसको मुटुमा झड्का हान्यो अनि उसलाई सास फेर्न कष्ट भयो । यसरी मृत्युवरण गर्नु दुर्भाग्यपूर्ण हो ।’
एजेन्सी