
एजेन्सी- भारत र दक्षिण अफ्रिकाबीच जारी तेस्रो टेस्ट सिरिजमा रोहित शर्माले दोहोरो शतक प्रहार गरेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टीमले ४ विकेट गुमाएर ३६३ रन बनाएको छ । त्यस्तै रोहित शर्माले २०५ तथा रवीन्द्र जडेजाले १५ रन बनाएर क्रीजमा छन् ।
राँचीमा धमाकेदार प्रदर्शन गर्दै 'हिटम्यान' रोहितले टेस्ट क्रिकेटमा पहिलो शतक प्रहार गरेका हुन् । पहिलो दिन ११७ रनमा नटआउट रहेका रोहित दोे्रो दिन अर्थात् शनिवार लयमा देखिए
दोहोरो शतक यो पहिलो भएपनि रोहितले यसअघि टेस्ट क्रिकेटमा ५ वटा शतक प्रहार गरिसकेका थिए । उनको यो छैटौं टेस्ट शतक हो ।
रोहितले टेस्टमा २ हजार रन पूरा गरिसकाे छन् ।
रोहित शर्माको लगातार ९ पारी :
२०५* (ब्याटिङ गर्दै)
१४
१२७
१७६
५०*
६५
१०२*
५१*
८२