१७ असार २०८३, बुधबार

पहिलोपटक नासाका महिला टोलीका अन्तरिक्ष यात्रीले पूरा गरे स्पेसवाक, बन्यो इतिहास

कात्तिक ३, २०७६
पहिलोपटक नासाका महिला टोलीका अन्तरिक्ष यात्रीले पूरा गरे स्पेसवाक, बन्यो इतिहास

काठमाडौं – अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्षयात्रीहरू क्रिस्टिना कोच र जेसिका मेरले महिला मात्र भएको टोलीबाट पहिलोपटक स्पेसवाक गरेका छन् । 

इन्टरनेसनल स्पेस स्टेसन बाहिर सात घन्टाभन्दा बढीको मिसनमा महिलाहरूले भाँचिएको पावर नियन्त्रकको सफल मर्मत गरेका थिए । 

गत मार्च महिनामा महिला मात्रको स्पेसवाक स्पेससुट नमिलेर रद्द गर्नुपरेको थियो । 

अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी क्याथी सुलिभानले ३५ वर्षअघि मिसन पूरा गरेकी थिइन् । अहिले बनेको इतिहासले आफूलाई पुलकित बनाएको उनले बताइन् । 

नासाका एक प्रवक्ताले बताए, ‘हामीले पाएको उपलब्धिले संसारभरिका विद्यार्थीहरूलाई प्रेरणा दिएको छ अनि कडा मेहनतले महान् उचाइ हासिल गर्न सकिन्छ भनी प्रमाणित गरेको छ । सबै विद्यार्थीले यी उपलब्धिमा आफूलाई पाउन सक्नुपर्छ ।’

कोच र मेरले बीसीडीयू भनिने ब्याट्रीहरू परिवर्तन गरेका थिए । ती ब्याट्रीहरूले आईएसएसमा थप बिजुली दिन सकिरहेका थिएनन् ।

हुन त थप बिजुली नआउँदा कर्मचारी र मिसनलाई उल्लेख्य प्रभाव परेको थिएन तर तिनको मर्मत त गर्नैपर्ने थियो । 

कोच सन् २०२० को फेब्रुअरी महिनासम्म अन्तरिक्षमा रहनेछिन् र महिलाले पहिलोपटक सबभन्दा लामो स्पेसफ्लाइट गरेको कीर्तिमान पनि बनाउन लागेकी छन् । स्पेसवाक जस्ता लैंगिक कोशेढुंगाहरू निकै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्