२४ जेठ २०८३, आइतबार

एनआइसी एशिया बैंक र संस्कृति इन्फोएजबीच हवाई टिकटमा क्यास ब्याकको सम्झौता

कात्तिक ४, २०७६
एनआइसी एशिया बैंक र संस्कृति इन्फोएजबीच हवाई टिकटमा क्यास ब्याकको सम्झौता

काठमाडौं –एनआइसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रा. लि. बीच एनआइसी एशिया बैंकका ग्राहकहरूलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएज प्रा. लि (माई ट्रिप टु नेपाल) को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी माई ट्रिप टु नेपाल  mथतचष्उद्दलभउब।िअयm बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा रु. ५०० क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा रु. ३०० क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि एनआइसीएएननेपाल, भारतका लागि एनआइसीए र अन्य अन्तर्राष्ट्रिय उडानका लागि एनआइसीएसिया प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ । 

यो अफर कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने  बैंकले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्