
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या दोहोरो भिडन्तमा नभएको स्पष्ट पारेको छ ।
पौडेल मारिएको घटनाबारे आयोगले अनुसन्धान गरेर प्रकाशित गरेको प्रतिवेदनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको निष्कर्ष निकालेको हो ।
पौडेल गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित जंगलमा मारिएका थिए । प्रहरीले दोहोरो भिडन्तमा पौडेल मारिएको दाबी गर्दै आइरहेको थियो ।
पौडेल हत्याकाण्डको छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति गठन गर्नुपर्ने मागसमेत गरेको थियो । संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पौडेल दोहोरो भिडन्तमा मारिएको दाबी गरेका थिए ।
हेर्नुहोस् आयोगको प्रतिवेदन -