पाँचथर - पाँचथरको कुम्मायक गाउँपालिकामा करेन्ट लागेर सोमवार पाल्पाको रुप्से गाउँपालिका–९ का ईश्वर सारु मगरको मृत्यु भएको छ ।
कुम्मायक–३ स्थित हाङथुवामा बिजुलीको काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागि सख्त घाइते भएका मगरलाई उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।