१० असार २०८३, बुधबार

पटकासहित २ जना पक्राउ

कात्तिक ५, २०७६
पटकासहित २ जना पक्राउ

लहान – प्रहरीले करीब ५० हजार रुपैयाँ बराबरको पटाकासहित २ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो ।

प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट मंगलवार बिहान ३ बोरा अवैध सुर्ती बरामद गरेको छ । भारतबाट नम्बर प्लेट नभएको रातो रंगको ग्ल्यामर मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले अवैध सुर्ती बरामद गरेको हो ।

प्रहरी टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्