१७ असार २०८३, बुधबार

पक्राउ परेपछि 'बीच्च बीच्चमा'का गायक दुर्गेशले हटाए 'ह्याप्पी तिहार' बोलको गीत

कात्तिक ५, २०७६
पक्राउ परेपछि 'बीच्च बीच्चमा'का गायक दुर्गेशले हटाए 'ह्याप्पी तिहार' बोलको गीत

काठमाडौं– विवादमा तानिएपछि गायक दुर्गेश थापाले 'ह्याप्पी तिहार' बोलको गीत युट्युबबाट हटाएका छन् ।

उक्त गीतमा बीयर र गाँजाको प्रचार गरेको भन्दै उनको चर्को आलोचना भएको थियो ।

गाँजाको प्रचार गर्नु कानूनी रूपमा समेत गलत भएको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ समेत गरिसकेको छ ।

थापालाई मंगलवार बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

थापा पक्राउ परेको केहीबेरमा युट्युब चेक गर्दा उक्त भिडियो हटाइसकेको पाइयो ।

उक्त भिडियोको लिंकमा जाँदा 'दिस भिडियो इज प्राइभेट' भन्ने मेसेज देख्न सकिन्छ । 

भिडियोलाई कसैले हेर्न नमिल्ने गरी दुर्गेशले प्राइभेटमा राखेका छन् ।

यद्यपि उनको आधिकारिक च्यानलबाट डाउनलोड गरेर राखिएका भिडियोहरू भने युट्युबमा भेट्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्