
काठमाडौं – फ्रान्समा एक दक्ष प्याराग्लाइडरले आकाशबाट तल आएर दौडिरहेको घोडामा बसेको अद्भुत दृश्य भिडियोमा कैद भएको छ ।
एलियट नोचेज नामक ती प्याराग्लाइडरले सेप्टेम्बर १८ मा लेक एन्नेसीमा उक्त उपलब्धि हासिल गरेका हुन् ।
फ्रान्सका एक्रोब्याटिक च्याम्पियन नोचेजले १२ सय ५० मिटरको डाँडोबाट प्याराग्लाइडिङ गरेर आफ्नो क्षमता जाँच्न खोजेका थिए ।
भिडियोमा नोचेज बिस्तारै भुइँतिर आइरहेको अनि घोडामा चढेको देखिन्छ ।
प्याराग्लाइडिङ गर्ने क्रममा डाँडामा दौडिँदा नोचेजले गोप्रो क्यामराबाट सुन्दर दृश्यको फूटेज लिएका थिए ।
घिउ रंगको मार्को नामक घोडामा चढिरहेकी महिलाको पछाडि उनी बस्छन् ।
त्यसपछि उनले प्यारासुट छोड्छन् र त्यो हावामा उड्छ । अनि नोचेज मार्कोमा चढेर महिलासँग पर जान्छन् ।
महिलाले क्यामरामा हेरेर मुस्काउँदै इशारा गर्छिन् र उनीहरू हरियो मैदानमा घोडामा जान्छन् ।
नोचेजलाई घोडामाथि ओर्लिनका लागि सातपटक प्रयास गर्नुपरेको बताइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :
एजेन्सी