०५ साउन २०८३, मंगलबार

माछापोखरीमा वृद्ध मृत फेला

कात्तिक ७, २०७६
माछापोखरीमा वृद्ध मृत फेला
सन्दर्भ तस्वीर

चितवन- चितवनमा बुधवारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी बिहीवार बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधवार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

स्थानीयले वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

कमेन्ट गर्नुहोस्