काठमाडौँ, २३ चैत– नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्रीसन्धिलगायत अन्य दुईपक्ष सन्धि सम्झौताको पुनरावलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका प्रबुद्ध समूहको बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
बैठकको नेतृत्व नेपालका तर्फवाट पूर्वपरारष्ट्रमन्त्री भेषबहाखुर थापा र भारतको तर्फको नेतृत्व भाजपा नेता भगतसिंह कोसियारीले गरेका छन् ।
बैठकमा नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्रीसन्धिलगायत अन्य दुईपक्ष सन्धि सम्झौताको पुनरावलोकनको बिषयमा छलफल भइरहेको छ ।
विविध कारणबस दुई पटक स्थगन भएको उक्त बैठकमा भाग लिन भारतका अधिकारीहरु हिजो (मंगलबार) नै काठमाडौं आएका थिए ।