१४ असार २०८३, आइतबार

चुनाव हारेपछि नरेन्द्र मोदीकी ‘टिकटक स्टार’ कार्यकर्ता धुरुधुरु रोएको भिडियो भाइरल !

कात्तिक ८, २०७६
चुनाव हारेपछि नरेन्द्र मोदीकी ‘टिकटक स्टार’ कार्यकर्ता धुरुधुरु रोएको भिडियो भाइरल !

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) की चर्चित कार्यकर्ता सोनाली फोगाट चुनाव हारेपछि उनको धुरुधुरु रोएको भिडियो भाइरल भएको छ ।

हरियाणामा भएको विधानसभा निर्वाचनको नतिजा बिहीवार सार्वजनिक भयो । जसमा भाजपाकी उम्मेदवार सोनाली पराजित भइन् ।

हरियाणाको आदमपुर विधानसभा क्षेत्रबाट ‘टिकटक स्टार’ सोनाली पराजित भएपछि उनको पुरानो रोएको भिडियो भाइरल भएको हो । भिडियो चुनावअघिको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले उनको पुरानो भिडियोलाई धेरै शेयर गरिरहेका छन् । टिकटकमा लोकप्रिय भएका कारण उनलाई भाजपाले उम्मेदवार बनाएको थियो तर उनी कांग्रेस नेता कुलदीप विश्नोईसँग पराजित भइन् ।
कांग्रेस उम्मेदवार कुलदीपले ५१.७ प्रतिशत मत ल्याउँदा सोनियाले २७.७८ प्रतिशत मत मात्रै पाइन् । चुनावमा सोनालीको टिकटक लोकप्रियताले कमाल देखाएन ।

टिकटकमा उनका १ लाख बढी समर्थक छन् । उनले करीब २०० भिडियो टिकटकमा अपलोड गरिसकेकी छन् । टिकटक प्रयोगकर्ता अहिले ती पुराना भिडियोबाटै चुनावी हारको दुःख व्यक्त गरिरहेका छन् ।

सोनाली धेरै वर्षदेखि भाजपाकी कार्यकर्ता भएर काम गरिरहेकी छन् र उनी महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्ष पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्