०७ असार २०८३, आइतबार

पाकिस्तानको लाहोरमा बम विस्फोट, चारजनाको मृत्यु

कात्तिक २०, २०७४
पाकिस्तानको लाहोरमा बम विस्फोट, चारजनाको मृत्यु

काठमाडौं, २३ चैत — पाकिस्तानको लाहोरस्थित बेदियान रोडमा बुधवार भएको रहस्यमयी विस्फोटमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।


नाम नखुलाउने शर्तमा बोलेका एक प्रहरी अधिकारीका अनुसार एकजना आत्मघाती आक्रमणकारीले सेनाको गाडीनजिक विस्फोट गराएका थिए ।

पाकिस्तानको पञ्जाब सरकारले विस्फोटको प्रकृतिका बारेमा अनुसन्धान चलिरहेको ट्वीट गरेको छ ।

पाकिस्तानमा भइरहेको जनगणनाका क्रममा प्रयोग भएको गाडीमाथि बम विस्फोट भएको ती अधिकारीले बताए । मिडियासँग बोल्ने अधिकार नपाएकाले ती अधिकारीले नाम बताउन नचाहेका हुन् ।

उद्धारकर्ताहरूले चारजना पाकिस्तानी सेना र दुईजना नागरिक मृत्यु हुनेमा परेको दाबी गरे । तर यो सूचनाको आधिकारिक पुष्टि हुन सकेको छैन ।

द डनबाट

salt training

कमेन्ट गर्नुहोस्