काठमाडौं – द्रौपदीको दृष्टिकोणबाट महाभारतको कथासहितको फिल्म बलिउडमा बनाउन लागिएको छ । द्रौपदीको भूमिका दीपिका पादुकोणले निर्वाह गर्न लागेकी छन् ।
निर्माता मधु मान्तेनासँग मिलेर उनले फिल्म बनाउन लागेकी हुन् ।
दीपिका यसअघि छपाक नामक फिल्म निर्माण गरेकी छन् । त्यसमा उनले एसिड आक्रमणकी पीडित लक्ष्मी अग्रवालको जीवनी प्रस्तुत गर्दैछिन् ।
द्रौपदीको आँखाबाट महाभारतको कथा बताउने प्रयास गरिएको छ ।
‘म द्रौपदीको भूमिका निर्वाह गर्न पाउँदा उत्साहित र पुलकित छु । यस जीवनमा एकपटक मात्र यस्तो भूमिका निर्वाह गर्न पाइन्छ भन्ने मेरो विश्वास छ । महाभारतका पाठहरू हाम्रो जीवनमा सान्दर्भिक छन् तर प्रायः पुरुष पात्रले उक्त पाठ पढाएको देखिन्छ । अहिले हामी द्रौपदीको ताजा र नवीन दृष्टिकोणबाट मथा भन्ने प्रयास गर्दैछौं,’ दीपिकाले भनिन् ।
यो फिल्म विभिन्न भागमा बनाइनेछ र पहिलो भाग सन् २०२१ को तिहारमा सार्वजनिक गरिनेछ ।
एजेन्सी