२४ जेठ २०८३, आइतबार

कार्ल्स बर्गले दियो आफ्नो नयाँ ग्रीन फाइबर बोटलको अपडेट

कात्तिक ८, २०७६
कार्ल्स बर्गले दियो आफ्नो नयाँ ग्रीन फाइबर बोटलको अपडेट

काठमाडौं – काल्र्स बर्ग ग्रूपले सस्टेनेबली–सोर्सड वुड फाइभरबाट विश्वकै पहिलो पेपर बियर बोटल सिर्जना गर्ने यात्राको अपडेट प्रदान गरेको छ ।

जुन शतप्रतिशत जैव–आधारित र पूर्णरुपले पुनः प्रयोगयोग्य रहेको छ ।

काल्र्सबर्गले ग्रीन फाइबर बोटलको अनुसन्धानको २ नयाँ प्रोटोटाइप अनावरण गरेको छ, जुन बियर राख्नको लागि बनाइएको पहिलो ‘पेपर बोटल’ हो । काल्र्स बर्गले अन्य प्रमुख ग्लोबल कम्पनीसँगको आवद्धताबारे पनि घोषणा गरेको छ । ‘जो पेपर बोटल प्रविधिको प्रगतिद्वारा दीगो प्याकेजिङ विकास गर्ने लक्ष्यको लागि एकीकृत भएका हुन्,’ कम्पनीले भनेको छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ –

यी विकासहरू काल्र्स बर्गको दिगो प्याकेजिङ्ग नवीनता यात्राको निरन्तरता हो र यो दिगो कार्यक्रम एवं टुगेदर टुवार्डस जेरोको एक मुख्य भाग हुनको साथै यो यसका बु्रअरिज्हरुमा जेरो कार्बन इमिशनको प्रतिबद्धता र सन् २०३० सम्ममा यसको सम्पूर्ण भ्याल्यु चेन कार्बन फुटप्रिन्टमा ३०% कटौती गर्न पनि प्रतिबद्ध छ ।

दुई नयाँ प्रोटोटाइप

दुई नयाँ प्रोटोटाइपहरु सस्टेनेबली–सोर्सड वुड फाइभरबाट बनाइएका छन्, जुन पूर्णरुपले पुनःप्रयोगयोग्य छ र जसमा बोटलमा बियर राख्नको लागि भित्री ब्यारियर राखिएको छ । एउटा प्रोटोटाइपमा पुनःप्रयोग गरिएको पातलो पीईटी पोलिमर फिल्म ब्यारियर प्रयोग गरिएको छ र अर्कोमा १००% जैव–आधारित पीईएफ पोलिमर फिल्म ब्यारियर प्रयोग गरिएको छ । पोलिमररहित १००% जैव–आधारित बोटल उत्पादन गर्ने समाधान पत्ता लगाउनु काल्र्सबर्गको मुख्य लक्ष्य भएकोले यी प्रोटोटाइपहरू ब्यारियर प्रविधिको निरीक्षण गर्नको लागि प्रयोग गरिने छन् ।

माईरियम सिङ्लेटन, काल्र्सबर्ग ग्रुपका गुूप डेभलपमेन्ट उपसभापतिले भन्नुभयो, ‘हामी आफ्नो प्याकेजिङ्ग फम्र्याटमा निरन्तररुपमा नवीनता ल्याइरहेका छौं र ग्रीन फाइबर बोटलको अहिलेसम्मको प्रगति विवरणमा हामी ज्यादै हर्षित छौं । हामी अहिलेसम्म त्यहाँ नपुगे पनि, यी दुई प्रोटोटाइपहरुले हाम्रो मुख्य लक्ष्यसम्म पुग्नको लागि उल्लेखनीय भूमिका निर्वाह गरेको छ । हरेक नयाँ चिज गर्नको लागि समय लाग्छ र हामी भविष्यमा आउने चुनौतीहरुलाई पार गर्नको लागि त्यसरी नै निरन्तररुपमा सम्बन्धित विज्ञहरुसँग आवद्ध हुँदै जानेछौं, जसरी हामी प्लाष्टिक–रिड्युसिङ्ग स्न्याप प्याकका लागि आवद्ध भएका थियौं ।’

उत्कृष्टताका लागि निरन्तर प्रयास

वैभव शर्मा, गोर्खा बु्रअरीका बजार निर्देशकले भन्नु भयो, काल्र्सबर्गले दिगो प्याकेजिङ्ग इनोभेशनको लागि जोड दिएको कुरा नयाँ होइन । हामी वातावरणीय दिगोपनको लागि योगदान पुर्‍याउने नवीनतम उपायहरुको निरन्तर खोजीमा हुन्छौं । वातावरणीय सुरक्षा हाम्रा प्राथमिकतामा पर्ने प्रमुख कुराहरु मध्ये एक हो र हामी यसको लागि अर्को एक कदम चाल्न प्रयासरत छौं ।

सन् २०१८ मा द ड्यानिस बु्रअरले प्याकेजिङ्गका विभिन्न नवीनतम उपायहरु ल्याएका थिए, जसमा पुनःप्रयोगयोग्य सृङ्क फिल्म, ग्रीनर लेबल इंक र नवीनतम “स्न्याप प्याक” समावेश छन्, जसले सिक्स–प्याक्सको प्ल्याष्टिक र्‍यापिङ्गलाई क्यानहरुलाई एक आपसमा चिप्काउने समाधानले प्रतिस्थापित गरेको थियो ।

काल्र्सबर्गको प्याकेजिङ्गमा निरन्तर गरिरहेको सुधारहरु उत्कृष्टता र नवीनताका प्रकृयाहरु हुन्, जसमा पियोर इस्ट र पीएच स्केल जस्ता वैज्ञानिक सफलताहरुको विकास समावेश छन् ।

salt training

कमेन्ट गर्नुहोस्