सुनील ग्रोबर अर्थात डा. मशहूर गुलाटीले ‘द कपिल शमौ शो’ छाडेर गएपछि कपिल शर्माको शो धरापमा परेको छ ।
कपिल र सुनीलबीचको तनाव पछि कपिलले शोमा जादू चलाउन नसेको भन्दै आलोचना भएको छ भने सुनील कपिलको शो मा नफर्कने भन्ने समाचारहरु सार्वजनिक भएका छन्
। तर अव सुनील ग्रोबरका फ्यानहरुलाई खुसीको खबर रहेको छ । उनी चाढै नै शो मा फिर्ता आउने जनाइएको छ । उनी ७ अप्रिलमा हुने सुटिङमा आउने र त्यसपछि ८, ११ र १२ मा शुटिङ गर्ने तालिकामा उनको नाम पनि रहेको जनाइएको छ ।
उद्योगमा केहीलदे भने सुनील आजभोलि छुट्टीमा रहेको जनाइएको छ । वही केहीले भने सुनीलले शो छाडेको जनाएका छन् । कपिल शर्माको शो मा उनको अनुपस्थितीले पनि यो कुरामा मलजल गरेको छ ।
उनी शोमा फर्कने अनुमान यस अर्थमा पनि गरिएको छ की उनी २३ अप्रिलसम्म सोनीसँगको कन्ट्रयाक्टमा छन् । यदी उनी शो मा फकिएनन् भने उनले ठूलो जरिवाना तिर्नपर्नसक्ने अनुमानहरु गरिएको छ ।