२९ जेठ २०८३, शुक्रबार

शिशुलाई निल्यो खाल्डोले (भिडियो)

कात्तिक ८, २०७६
शिशुलाई निल्यो खाल्डोले (भिडियो)

काठमाडौं – रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक पार्कमा एक शिशुलाई खाल्डोले निलेको छ । 

म्यानहोलको बिर्कोमा एक शिशु बालिका उभिएपछि त्यो पल्टियो अनि खाल्डोभित्र खसिन् ।

शिशुकी आमाले ह्यान्डब्याग फालेर बिर्को उठाइन् अनि झुकेर शिशुलाई निकाल्न प्रयास गरिन् । 

पार्कको सीसटीभी फूटेजमा शिशुको दुर्भाग्यको दृश्य कैद भएको छ । 

१५ सेकेन्डको क्लिपमा आमा र छोरी बादल लागेको दिनमा पार्कमा डुलिरहेका देखिन्छन् । 

आमाले खैरो ज्याकेट लगाएकी छन् र उनी सडकमा खाली कोक्रो घचेडिरहेकी छन् । केही फीट पर बालिका घाँसमा खेलिरहेकी छन् । 

खेलिरहेको ठाउँमा गोलो धातुको बिर्कोमाथि शिशुले टेकेपछि त्यो पर्लक्क पल्टिन्छ र शिशु तल खस्छिन् । 

एक सेकेन्डको अन्तरमा शिशु खाल्डोमा खस्छिन् र आँखाबाट ओझेल हुन्छिन् । 

आमाले छोरी खसेको देखेर उनीतिर दौडिन्छिन् र कोक्रो घचेड्छिन् । 

उनी खाल्डोमा पुगेर हात झार्छिन् । अन्य मानिस पनि हेर्न आइपुग्छन् र बालिकालाई बाहिर निकाल्छन् । 

उक्त खाल्डो फोहरको नाला हो कि पानी सप्लाई गर्ने ठाउँ हो भन्ने प्रस्ट छैन । अधिकारीहरूले घटनाको अनुसनधन गरिरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्