१४ असार २०८३, आइतबार

१७ पुसदेखि ट्याक्सीमा कम्प्युटर बिलिङ

कात्तिक २०, २०७४
१७ पुसदेखि ट्याक्सीमा कम्प्युटर बिलिङ
काठमाडौं, ५ पुस-सरकारले १७ पुसदेखि ट्याक्सीमा यात्राको दूरी र तोकिएको भाडादरअनुसार लाग्ने रकमको कम्प्युटरकृत बिल यात्रुले पाउने व्यवस्था गर्दै छ । यो कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयनमा आएपछि ट्याक्सीचालकले मौखिक रूपमा ‘यति रकम देऊ’ भन्ने पाउने छैनन्, आजको नयाँ पत्रिकामा खबर छ ।
taxi-1-660x330उनीहरूले तोकिएको भाडादरअनुसारको बिल दिनेछन् । र, बिलअनुसारको रकम यात्रुले तिर्नुपर्नेछ । साथै, तोकिएको भाडाभन्दा बढी रकम ट्याक्सी चालकले लिएको पाइएमा यात्रुले उजुरी गर्न सक्नेछन् । किनकि, बिलमा तिर्नुपर्ने रकमबाहेक ट्याक्सी नम्बर, पार गरेको दूरी र ट्याक्सी चालकको नामसमेत हुनेछ ।
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रूपमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) कार्यान्वयन गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । ‘यसपछि क्रमशः विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत, घोराहीलगायत विभिन्न ठाउँमा सुरु गरिनेछ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्