२८ जेठ २०८३, बिहीबार

'रेड लेडी' – जसको कपाल, कपडादेखि घरसमेत सबै रातो छ (भिडियोसहित)

कात्तिक ९, २०७६
'रेड लेडी' – जसको कपाल, कपडादेखि घरसमेत सबै रातो छ (भिडियोसहित)

काठमाडौं –तपाईं केके कामहरू गर्न मन पराउनुहुन्छ ?

घुम्न, हिड्न, नाच्न, पौडिन, एक्लै बस्न, अध्ययन गर्न या अरू केही ? तपाईं शोखिन हुनुहुन्छ भने के कस्ता कुरामा हुनुहुन्छ ? एकपटक सोच्नुहोस् त । 

सुन्दा अचम्म लाग्न सक्छ, कुनै एक युवतीले आफ्नो शोख पुरा गर्नका लागि आफ्नो कपालदेखि घरसम्मको सबैमा एउटै रंग बनाउन सक्छिन् । 

यो घटना यूरोपको बोस्नियाको हो ।

त्यहाँ एक महिला ‘रेड लेडी’को नामले परिचित छिन् । उनका कपाल, कपडादेखि घरभित्रका सम्पूर्ण सामानहरू राता छन् ।

जोरिकालाई रातो रंग यति धेरै मन पर्छ कि उनले आफ्नो आसपासका सबै वस्तु रातो देख्न चाहिन्छिन् । उनले आफ्नो अन्तिम संस्कार पनि रातो पहिरनमा नै गर्न चाहेको बताउँछिन् । 

६७ वर्षिया जोरिक शिक्षण पेसाबाट रिटार्यड भइसकेकी छिन् । उनले १८ वर्षको उमेरदेखि रातो रंगको पहिरन लगाउने शोख थियो, जुन आजसम्म पनि कायम नै छ ।

उनको घरमा पानी मात्रै रातो रंगको छैन, बाँकी सबै सरसामानहरू रातै छन् । 

यूरोपको बोस्नियामा बस्ने जोरिकाको घरमा फर्नीचर, प्लेट, बेडशीट तथा  अन्य सामाग्री सबै रातो रंगको छन् । उनके कपाल रातो छ, कपडा रातो छ, जुत्ताचप्पल रातो छ, सब चिज रातो छ यद्यपी पानीको हिटर भने रातो छैज । पानीको हिटर भने उनको पतिले खरिद गरेका थिए । 

जिगत ४ दशकमा जोरिका आफ्नो यस बानीका कारण चर्चित बनेकी छिन् भने मानिसहरूले उनलाई सेलीब्रेटी मानेका छन् । एजेन्सी 


 

salt training

कमेन्ट गर्नुहोस्