२६ जेठ २०८३, मंगलबार

मृत पितालाई चार वर्षसम्म पठाइन् मेसेज, अचानक आयो रिप्लाई

कात्तिक ११, २०७६
मृत पितालाई चार वर्षसम्म पठाइन् मेसेज, अचानक आयो रिप्लाई

काठमाडौं – अमेरिकाको अर्कान्सासमा बस्ने एक महिलाका पिताको मृत्यु चार वर्षपहिले भएको थियो । चार वर्षसम्म ती महिला च्यास्टिटी प्याटरसनले आफ्नो पितालाई हरेक दिन स्मरण गर्दै टेक्स्ट मेसेज पठाउने गरेकी थिइन् । 

मेसेजमा च्यास्टिटीले दैनिक जीवनको अप्डेट पठाउँथिन् । पिता संसारमा छैनन् भन्ने थाहा हुँदाहुँदै पनि उनी मेसेज पठाइबस्थिन् । 

यसरी पठाउन थालेको चार वर्षपछि च्यास्टिटीका पिताको मोबाइल नम्बरबाट रिप्लाई आयो । 

बिहीवार च्यास्टिटीका पिताको चौथो वार्षिकी थियो । त्यस दिन पनि च्यास्टिटीले पिताको मोबाइलमा टेक्स्ट मेसेज पठाइन् । उनले लेखिन्, ‘पापा, भोलिको दिन फेरि मुश्किलको हुनेछ । म तपाईंलाई निकै माया गर्छु । तपाईंलाई याद नगरेको कुनै दिन छैन । मलाई माफ गर्नुस्, तपाईंलाई मेरो आवश्यकता हुँदा म तपाईंसँग थिइनँ ।’

पिताको नम्बरबाट एउटा रिप्लाई आयो । उक्त मेसेज भावुक थियो । त्यसमा लेखिएको थियो, ‘मेरो नाम ब्राड हो । सन् २०१४ मा कार दुर्घटनाामा मैले छोरी गुमाएँ । तपाईंले पठाएका मेसेजले मलाई जिउँदो रहन प्रेरित गरे । तपाईंको मेसेज पाउँदा मलाई भगवानको सन्देश झैं लाग्छ ।’

अझै लेखिएको थियो, ‘म वर्षौंदेखि तपाईंको मेसेज पढिरहेको छु । म धेरै अघि नै तपाईंलाई रिप्लाई गर्न चाहन्थें । तर तपाईंको मन तोड्न चाहँदिनथिएँ । तपाईं अद्वितीय महिला हुनुहुन्छ । मेरी छोरी बाँचिरहेकी भए तपाईं जत्रै हुन्थी । आफ्नो जीवनको हरेक अप्डेट पठाएकोमा धन्यवाद ।’

प्याटरसनले मेसेजका स्क्रीनशटहरू फेसबूकमा शेयर गरेकी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्