
भरतपुर – नारायणी नदीको पुलबाट हाम्फालेका १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
ईलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार आइतवार अपराह्न ४ बजे हाम्फालेका अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव नदी किनारमा फेला पारिएको छ ।
हाम्फालेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छैन भने बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।