काठमाडौं – रुसको मस्कोबाट भ्लादिभोस्तोक गइरहेको विमानमा यौनकर्म गरिरहेको एक जोडीलाई पक्राउ गरिएको छ । यौनकर्मका बेलामा जोडीको भिडियो पनि बनाइएको थियो ।
ती महिला र पुरुष रोसिया एयरलाइन्सको इकोनोमी क्लासमा यात्रा गरिरहेका थिए । स्थानीय पत्रिका कोमसोमोल्स्काया प्राव्दाको रिपोर्टअनुसार, ती दुईको भेटघाट विमानस्थलमा भएको थियो । उनीहरूको नाम खुलाइएको छैन ।
घटनाको बेलामा उनीहरू नशामा चुर्लुम्म डुबेको बताइएको छ ।
रुसको गृह मन्त्रालयले जोडीलाई १५ दिनसम्म हिरासतमा राखिने बताएको छ । अनि उनीहरूमाथि जरिवाना पनि लगाउन सकिनेछ ।
एयरहोस्टेसले यस जोडीलाई रंगेहात समातेपछि क्याप्टेनलाई खबर गरेकी थिइन् ।
एजेन्सी