२३ जेठ २०८३, शनिबार

६ जुवाडे पक्राउ, के हुन्छ जुवाडेमाथि कारबाही ?

कात्तिक ११, २०७६
६ जुवाडे पक्राउ, के हुन्छ जुवाडेमाथि कारबाही ?

बारा प्रहरीले जिल्लाको प्रसौनी गाउँपालिका ६ स्थित बेलहिया टोलबाट ६ जुवाडेलाई पक्राउ गरेको छ।  

जुवा कौडा खेलिरहेको  भन्ने प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नगद ७ हजार ५५० कौडा १६ थान सहित उनीह?लाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमाप्रसौनी ६ बेलहिया टोलका मोतिलाल ठाकुर, पन्नालाल साह , किरण कुमार पडित ,अजय कुमार पडित, रामएकबाल प्रसाद साह  र दिनानाथ प्रसाद तेली रहेका छन् । 

के हुन्छ कारबाही ?

२०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको व्यवस्था छ । 
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ।

salt training

कमेन्ट गर्नुहोस्