११ असार २०८३, बिहीबार

बलात्कार गरेको आरोप लागेका नेकपाका विद्यार्थी नेता प्रहरी खोरमा

कात्तिक १२, २०७६
बलात्कार गरेको आरोप लागेका नेकपाका विद्यार्थी नेता प्रहरी खोरमा

काठमाडौँ - नेकपाको विद्यार्थी संगठन अखिलका केन्द्रीय सदस्य बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक किशोरीलाई बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्