०२ असार २०८३, मंगलबार

तिहारमा पनि विदा लिएनन् डोल्पाका प्रदेशसभा सदस्यहरू, अनुगमनमा व्यस्त

कात्तिक १२, २०७६
तिहारमा पनि विदा लिएनन् डोल्पाका प्रदेशसभा सदस्यहरू, अनुगमनमा व्यस्त
फाइल फोटो

डोल्पा - सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लामा परेको योजनाको अनुगमन तथा जनतासँग घरदैलो भेटघाटमा डोल्पाका प्रदेशसभा सदस्य तथा पार्टीका नेताहरुको दिन बितेको छ ।

राज्यले लगानी गरे पनि सन्तोषजनक प्रतिफल नआएको गुनासो बढेपछि प्रदेशसभा सदस्यहरु गाउँगाउँमा योजना अनुगमनमा गएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।

प्रदेश सरकारबाट स्थानीय तहमा दिइएका योजनाहरुको एक–एक गरेर अनुगमन गर्दै मुड्केचुला पुगेर फर्केको प्रदेशसभा सदस्य शाहीले जानकारी दिए । कर्णाली प्रदेश सरकारले दिएका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा निर्माण भएका र हँुदै गरेका योजनाहरुको अनुगमन गरिएको हो ।

तिहार पर्वको समयमा पनि फुर्सद निकालेर तीनवटै स्थानीय तहका पदाधिकारीहरुसँग योजनाहरुको विकासको समीक्षा गरिएको शाहीले बताए । उनका अनुसार अनुगमन गर्दा योजनाहरु सन्तोषजनक रुपमा सम्पन्न भएका र कार्यान्वयनको चरणमा रहेको पाइएको छ ।

अनुगमन टोलीमा प्रदेशसभा सदस्य शाही, बद्मी क्वारी बोहोरा, नेकपा डोल्पाका इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य हंसबहादुर शाहीलगायत संलग्न थिए ।

salt training

कमेन्ट गर्नुहोस्