०७ असार २०८३, आइतबार

जुवातास खेल्ने ८ जना पक्राउ

कात्तिक १३, २०७६
जुवातास खेल्ने ८ जना पक्राउ
प्रतिकात्मक तस्वीर

लहान – जुवातास खेल्ने क्रममा ७५ हजार रुपैयाँसहित ८ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–१५ माडरमा जुवातास खलिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ७३ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ का नुर खान, सोही ठाउँका मोहमद रफिक, जावेद खान, श्यामकुमार यादव, रञ्जित यादव, दिनेश यादव, सञ्जीवकुमार महतो र गोलबजार नगरपालिका–८ का सिकिन्द्र साफी छन् ।

पक्राउ परेकामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्