०१ असार २०८३, सोमबार

आइन्स्टाइनको चिट्ठी ५५ लाख रुपैयाँमा बिक्यो

कात्तिक २०, २०७४
आइन्स्टाइनको चिट्ठी ५५ लाख रुपैयाँमा बिक्यो

काठमाडौं, २३ चैत — सुप्रसिद्ध जर्मन वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सन् १९५३ मा एक विज्ञान शिक्षकलाई लेखेको चिट्ठी लिलाम बढाबढमा ५५ लाख रुपैयाँमा बिकेको छ ।


अमेरिकाको आयोवामा विज्ञान पढाउने आर्थर कन्भर्सले आइन्स्टाइनलाई दुई पृष्ठको प्रश्नावली दिएका थिए अनि आइन्स्टाइनले चिट्ठीमा त्यसको जवाफ फर्काएका थिए । चिट्ठीमा उनले इलेक्ट्रोस्टाटिक सिद्धान्त र विशिष्ट सापेक्षतासम्बन्धी कुरा लेखेका थिए ।

यो चिट्ठीलाई एक अज्ञात व्यक्तिले किनेका थिए ।

कन्भर्स परिवारमा यो चिट्ठी धेरै वर्षसम्म रहेको थियो । नेट डी सन्डर्स लिलामी संस्थाले उक्त चिट्ठी बेचेको थियो ।
चिट्ठीमा आइन्स्टाइनको हस्ताक्षर रहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्