१५ असार २०८३, सोमबार

फ्रान्सका राष्ट्रपति म्याक्रोन चीन भ्रमणमा जाने

कात्तिक १३, २०७६
फ्रान्सका राष्ट्रपति म्याक्रोन चीन भ्रमणमा जाने

काठमाडौं – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन चीनको भ्रमणमा जाने भएको छ ।

उनी चीनका राष्ट्रपति सि चिनफिङको निमन्त्रणामा अगामी नोभेम्बर ४ देखि ६ सम्म चीनको भ्रमणमा जान लागेकाे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्ले बुधबार बताएका छन्। 

चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको दोस्रो चीन अन्तर्राष्ट्रिय आयात मेलाको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि रहेको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । 

त्यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि फ्रान्सका राष्ट्रपति म्यार्कोनबीच भेटवार्ता पनि हुने बताइएको छ । सो भेटका क्रममा दुई देश बीचको आपसी सम्बन्ध बढाउनेलगायत क्षेत्रीय र अन्तराष्ट्रिय मुद्धाहरुको विषयमा समेत छलफल हुने अनुमान गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्